Logo

भैरहवा विमानस्थलमा नेपाल एयरलाईन्सको जहाज दुर्घटना

भैरहवा विमानस्थलमा नेपाल एयरलाईन्सको जहाज दुर्घटना


बिजखबर संवाददाता
783
Shares

काठमाडौं । भैरहवाको गौतमबुद्ध विमानस्थलमा नेपाल एयरलाइन्सको जहाज दुर्घटना भएको छ । नेपाल एयरलाईन्सको ९ एन एकेएस जहाज विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटना भएको विमानस्थलका प्रमुख सिसेल चित्रकारले जानकारी दिए ।

उनका अनुसार जहाज अबतरण गर्ने क्रममा जहाजको पछाडिको बाँया पट्टीको टायर पंचर भएको थियो । जहाजमा २ जना पाइलटमात्र रहेको र उनीहरु सकुशल रहेको समेत उनले जानकरी दिए ।

रनवेमा जहाज दुर्घटना भएपछि अहिले सो विमानस्थलको उडान समेत प्रभावित भएको छ । उक्त जहाजलाई क्याप्टेन दिपेन्द्र भट्टराईले चलाएका थिए । विमान अबतरण गर्ने क्रममा सन्तुलन नमिल्दा टायर फुट्न गएको समेत निगमले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL