Logo

आइतबार उम्मेदवारको अन्तिम नामावली प्रकाशन , चुनाव चिह्न पनि वितरण गरिदै

आइतबार उम्मेदवारको अन्तिम नामावली प्रकाशन , चुनाव चिह्न पनि वितरण गरिदै


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । निर्वाचन आयोगले दोस्रो चरणमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका उम्मेदवारहरुको अन्तिम नामावली आइतबार प्रकाशित गर्ने भएको छ ।

निर्वाचनको कार्यतालिका अनुसार आज उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन तथा चुनाव चिह्न वितरण गरिने छ ।

उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गर्नु अघि आज उम्मेदवारी फिर्ता लिन चाहनेहरुले फिर्ता लिन सक्नेछन । त्यसका लागि आइतबार बिहान १० बजेदेखि १ बजेसम्म समय छुट्याइएको छ ।आयोगले गत बिहीबार दोस्रो चरणमा निर्वाचन हुने ४५ जिल्लामा उम्मेदवारी दर्ता गराएको थियो ।
आयोगले शनिबारनै उम्मेदवारको विरोधमा उजुरी दिन १७ गतेको समय दिएको आयोगले शनिबार मनोनपयपत्र र उजुरीउपर छानबिन गरेको थियो ।

आयोगका अनुसार, उम्मेदवारका लागि अयोग्य देखिएपछि तनहुँ–२ मा स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेस नेता गोविन्दराज जोशीको उम्मेदवारी खारेज भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL