Logo

समानुपातिक सूची सार्वजनिक, उद्योगपति देखि नातेदारसम्म उम्मेदवार

समानुपातिक सूची सार्वजनिक, उद्योगपति देखि नातेदारसम्म उम्मेदवार


बिजखबर संवाददाता
81
Shares

काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभाका लागि दलहरूले समानुपातिकतर्फ पेस गरेको बन्दसूची सार्वजनिक भएको छ ।
मंसिर १० र २१ गते दुई चरणमा हुने निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ दलहरूले पेस गरेको बन्दसूची निर्वाचन आयोगले सार्वजनिक गरेको हो ।

आयोगको कार्यतालिकाअनुसार निर्वाचन हुन २३ दिन बाँकी छ ।समानुपातिक सूचीमा उद्योगी व्यापारी तथा पूर्वमन्त्रीहरु छन् ।

नेपाली कांग्रेसबाट समानुपातिकतर्फको उम्मेदवारमा सुजाता कोइराला, पूर्वशिक्षामन्त्री दिलेन्द्र बडू, उद्योगपति विनोद चौधरीपत्रकार तथा लेखक हरि अधिकारी, नेपाल बार एसोसिएसनका पूर्वअध्यक्ष तथा वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्का, विद्यालय सञ्चालक उमेश श्रेष्ठ र लगायत परेका छन्।

त्यस्तै एमालेबाट उद्योगी मोतीलाल दुगड, पूर्वमन्त्री एकनाथ ढकाल, पूर्वउपसभामुख गंगाप्रसाद यादव, रामकुमारी झाँक्री , नवीना लामा, पूर्वसांसद शान्ता चौधरी, राष्ट्रिय योजना आयोगका पूर्वअध्यक्ष दिनेशचन्द्र देवकोटालगायत सूचीमा परेका छन् ।

माओवादी केन्द्रबाट पूर्वमन्त्री रेखा शर्मा, हितराज पाण्डे, प्रेमबहादुर सिंह, पूर्वसभामुख ओनसरी घर्तीमगर ,नारायण दाहाल सूचीमा परेका हुन् ।

आयोगका अनुसार राप्रपाबाट पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दका छोरा जयन्त चन्द समानुपातिकमा परेको छ । त्यस्तै पूर्वमन्त्री बुद्धिमान तामाङ, दिलनाथ गिरीलाई समानुुपातिकमा पारिएको छ ।

बन्दसूचीअनुसार आदिवासी पुरुष ७ सय८३, महिला ९सय ३१ छन् । दलित पुरुष ३४२ र महिला ४९६, मधेसी पुरुष ४५५ र महिला ५६३, मुस्लिम पुरुष ८१ र महिला १५७ उम्मेदवार छन्। यसैगरी, अपांगता भएका पुरुष १५८, महिला ११५ छन्।

प्रतिक्रिया दिनुहोस्
MBL