Logo

हेर्नुहोस शीर्ष नेताहरुले कहाँ कहाँबाट दिए उम्मेदवारी ?

हेर्नुहोस शीर्ष नेताहरुले कहाँ कहाँबाट दिए उम्मेदवारी ?


बिजखबर संवाददाता
54
Shares

काठमाडौं । दोस्रो चरणको प्रतिनिधिसभा निर्वाचनमा शिर्ष नेताहरुले उम्मेदवारी दर्ता गराएका छन् । कागं्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले डडेल्धुराबाट उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै एमाले अध्यक्ष केपी ओली सुदूरपूर्वको झापा ५ बाट चुनावी मैदानमा उत्रिएका छन् ।

त्यसैगरी माओवादी केन्द्रले एमालेसँग चुनावी तालमेल पश्चात अध्यक्ष पुष्पकमल दाहालले चितवन ३ बाट उम्मेदवारी दिएका हुन् । उनलाई एमालेले सघाउनेछन् ।

पूर्वप्रधानमन्त्री एवं एमाले वरिष्ठ नेता माधव नेपाल काठमाडौं २ बाट उठेका छन् । पूर्वप्रधानमन्त्री एवं एमाले वरिष्ठ नेता झलनाथ खनाल इलाम १ बाट चुनावमा लड्ने भएका छन् ।

त्यसैगरी तत्कालीन संविधानसभा अध्यक्ष एवं एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ भने इलाम २ बाट चुनावी मैदानमा छन् ।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल तनहुँ १ बाट उठेका छन् । कांग्रेस महामन्त्री शशांक कोइराला नवलपरासी १ बाट एमाले उपाध्यक्ष वामदेव गौतम बर्दिया १, उपाध्यक्ष भीम रावल अछाम १, महासचिव ईश्वर पोखरेल काठमाडौं ५ बाट उम्मेदवारी दर्ता गराएका छन् ।
त्यस्तै कांग्रेसका युवा नेता गगन थापा काठमाडौं ४ र विश्वप्रकाश शर्मा झापा १ बाट चुनाव लड्ने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्