Logo

ठगीको आरोपमा दरबारमार्गका ८ ब्राण्डेड पसलका सञ्चालक पक्राउ

ठगीको आरोपमा दरबारमार्गका ८ ब्राण्डेड पसलका सञ्चालक पक्राउ


बिजखबर संवाददाता
567
Shares

काठमाडौं । दरबारमार्गका ८ ओटा ब्राण्डेड पसलका सञ्चालक पक्राउ परेका छन् । उपभोक्तालाई ठगी गरेको आरोपमा महानगरीय प्रहरी परिसरले मंगलबार उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा वाच एण्ड सीका राजेश्वर श्रेष्ठ, तिरुपति प्रालिका नन्दन बिहानी, लेवल स्टोलका जितेन्द्र महर्जन र सुवास महर्जनका साथै एडभेञ्चर आउटडोरका रोशन ओडारी छन् ।

त्यस्तै लाइफ स्टाइल प्रालिका श्रीकृष्ण महर्जन, एभिन्यू मार्केटिङका उत्तमकुमार बस्नेत, प्लेटिनियम ट्रेड कन्सनका प्रविन झा र बेन्टलीका तुलसीधर भण्डारीलाई पनि प्रहरीले पक्राउ गरेको हो । साथै बाँकी व्यवसायीको हाल अनुसन्धान गरिरहेको बताएको छ ।

उनीहरूविरुद्ध कालोबजारी ऐनअन्तर्गत मुद्दा दर्ता भइसकेको र अब म्याद थपेर अदालतमा लैजाने तयारी भएको परिसरले जानकाररी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL