काठमाडौं। रिलायन्स लाइफ इन्स्योरेन्सको नायव प्रमु कार्यकारी अधिकृतमा निराजन कँडेल नियुक्त भएका छन् ।
इन्स्योरेन्स हाल सञ्चालनको तयारीमा छ । कँडेलले स्ट्यान्डर्ड चार्टर्ड बैक नेपालमा ब्यवस्थापकीय पद छाडेर कम्पनीमा आएका हुन् ।
कर्पोरेट कार्यालय बानेश्वरको कृष्ण टावरमा रहेको कम्पनी मंसिरसम्म सञ्चालनमा आउने तयारीमा छ।
कँडेलले आजैदेखि रिलायन्सको जिम्मेवारी लिएका हुन्। उनीसँग बैंकिङ क्षेत्रको १२ बर्षको अनुभब छ । उनले सिद्धार्थ बैंकबाट करियर सुरु गरेका थिए।