Logo

हवाइ प्रतिवन्ध हटाउन मद्दत गर्ने आइकाओको आश्वासन, अन्य सहयोगको प्रतिवद्धता

हवाइ प्रतिवन्ध हटाउन मद्दत गर्ने आइकाओको आश्वासन, अन्य सहयोगको प्रतिवद्धता


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता
२८ माघ,काठमाडौं । अन्तराष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) युरोपेली सङघले नेपालका वायु सेवा कम्पनीलाई युरोपको आकाशमा उडाउन लगाएको प्रतिबन्ध हटाउन सहयोग गर्ने आश्वासन दिएको छ ।

क्यानाडाको मन्ट्रियलमा सम्पन्न दोश्रो उच्चस्तरीय उडान सुरक्षा  सम्मेलनमा सहभागी आइकाओका अध्यक्ष तथा महासचिवले सुरक्षाको कोषबाट समेत  सहयोग उपलब्ध गराइने वचन दिएको मन्त्रालयले जानकारी दिएको छ । सो अवसरमा नेपालका तर्फबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उच्चाधिकारीहरुको सहभागीता रहेको थियो ।

सम्मेलनमा नेपाली नीति निर्माता, नियमन निकाय र सेवा प्रदायकको संयुक्त प्रतिनिधिमण्डलले नागरिक उड्डयन सुरक्षाका विषयमा नेपाल गम्भीर रहेको आइकाओलाई प्रस्ट पारेको थियो । सम्मेलनले अन्तरराष्ट्रिय रुपमा उडान सुरक्षलाई थप मजबुत गर्न विभिन्न प्रतिबद्धता व्यक्त गरेको छ ।

सम्मेलनमा भाग लिई फकिर्एका हवाई सुरक्षा महाशाखाका प्रमुख तथा सहसचिव बुद्धिसागर लामिछानेले सम्मेलन नेपालका लागि उपलब्धिपूर्ण रहेको र यसले नेपाली उड्डयन क्षेत्रमा महत्वपूर्ण सहयोग पुग्ने आधार तयार गरेको जानकारी दिए । सम्मेलनमा नेपाललगायत विश्वका ११९ देश र ३५ भन्दा बढी सङघसंस्थाबाट सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्