Logo

अदुवा निकासीमा अवरोध हटाउन भारतीय पक्ष सकारात्मक

अदुवा निकासीमा अवरोध हटाउन भारतीय पक्ष सकारात्मक


बिजखबर संवाददाता
81
Shares

काठमाडौं । अदुवा निकासीमा अवरोध खोल्न भारतीय पक्ष सकारात्मक देखिएको छ । वाणिज्य मन्त्रालयको पहलमा सरकारी टोलि र भारतीय भनसार पदाधिकारीको छलफलमा भारतीय पक्ष सकारात्मक देखिएको हो ।

छलफलमा नेपाली टोलिले नेपालको काँचो अदुवा निकासी गर्दा भारतमा लाइसेन्स लिनु नपर्ने अदुवाको अन्य क्याटागारीबाट काँचो अदुवा निकासी हुँदा जिएसटी लाग्नेभएकोले काँचो अदुवाकै क्याटागोरीबाट निकासी गरी जिएसटी नलाग्ने व्यवस्था गर्न भनेको थियो । साथै नेपाल भारत वाणिज्य सन्धि अनुसार नेपालको कृषिजन्य वस्तुहरुको निर्वाध रुपमा निकासी हुनुपर्ने प्रावधान रहेकाले अदुवा निकासीमा देखिएको अवरोध तत्काल हटाउन पहल गर्न भारतीय पक्षलाई अनुरोध गरिएको थियो ।

नेपालले उठाएको विषयमा सकारात्मक हुँदै समस्या समाधानका लागि तत्काल सम्बन्धित निकायमा आवशयक पहल गर्ने बताएको छ । सिलगुडीस्थित भारतीय भन्सारबाट त्यहाँका सम्बन्धित निकायहरुमा समस्या समाधानका लागि पत्राचार गरेको जानकारी दिएकको छ । हाललाई नेपालको काँचो अदुवा निकासी खुला भई सहजीकरण भएको जानकारी मेची भन्सार र अदुवा व्यवसायीबाट आएको छ ।

छलफलमा नेपालका वाणिज्य मन्त्रालयका उपसचिव तर्कराज भट्ट, नेपाली महावाणिज्यदूतावास कोलकताका उपहमावाणिज्यदूत नारायण शर्मा, मेची भन्सार कार्यालयका प्रमुख टेकबहादुर अर्याल संलग्न टोलिमा अदुवा उत्पादक व्यवसायी संघका अध्यक्ष नरेन्द्र खड्कालगायत थिए ।

प्रतिक्रिया दिनुहोस्