Logo

नयाँ शक्तिको घोषणापत्र सार्वजनिक, काठमाडौंदेखि सगरमाथासम्म केबलकार

नयाँ शक्तिको घोषणापत्र सार्वजनिक, काठमाडौंदेखि सगरमाथासम्म केबलकार


बिजखबर संवाददाता
216
Shares

काठमाडौं । नयाँ शक्ति नेपालले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको घोषणापत्र सार्वजनिक गरेको छ । घोषणापत्रमा नयाँशक्तिले काठमाडौंदेखि सगरमाथा आधार शिविरसम्म केबलकार निर्माण गर्ने भनेको छ ।

त्यस्तै दीपायल–खप्तड– रारा, सुर्खेत– जुम्ला, थवाङ–दुनै, पोखरा–जोमसोम, विदुर– केरुङ, उदयपुर–ओखलढुंगा, धनकुटा–खाँदबारीमा केबलकार निर्माण गरिनेछन्।

आगामी पाँच वर्ष्भित्र गरिबीको अन्त्य गर्दै मुलुकलाई विकासशील मुलुकमा स्तरोन्नति गर्ने लक्ष्यस घोषणापत्रमा राखेको छ ।

बेरोजगारीको अन्त्य गर्ने, २५ वर्ष्भित्र मुलुकलाई विकासको उन्नत तथा उच्चस्तरमा पुर्याउने महत्वाकांक्षि योजना घोषणापत्रमा उल्लेख छन् ।

यस्तै मुलुकका सबै प्रदेशमा एशियाली मापदण्ड र विशेष पहिचानसहितका सुन्दर प्रादेशिक राजधानीको विकास गर्ने भनेको छ ।
हरेक प्रदेशमा अन्तरराष्ट्रियस्तरका विश्वविद्यालय, ५०० श्ययाको ठूला अस्पताल निर्माण गर्नेसमेत नयाँ शक्तिको घोषणापत्रमा समेटिएको छ।

पार्टीका संयोजक डा बाबुराम भट्टराईले मुलुकको आवश्यकताअनुसार नै घोषणापत्र बनाइएको र त्यसलाई कार्यान्वयन गर्न सकिने बताए।

प्रतिक्रिया दिनुहोस्
MBL