Logo

त्रिशूली नदीमा बस खस्दा ११ जनाको मृत्यु

त्रिशूली नदीमा बस खस्दा ११ जनाको मृत्यु


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । धादिङको गजुरी गाउँपालिका ५ बांगेमोडबाट त्रिशूली नदीमा बस खस्दा  ११ जनाको मृत्यु  भएको छ । दुर्घटनामा परि १३ जना घाइते   भएका छन् ।

जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार दुर्घटनास्थलमा दुई महिला र दुई पुरुषको शव भेटिएको छ । मृत्यु हुनेको सनाखत भने हुन सकेको छैन ।

घाइतेको स्थानीय गजुरी सामुदायीक अस्पतालमा उपचार भइरहेको छ ।

सप्तरीको राजविराजबाट काठमाडौं आउँदै गरेको ना ६ ख १४६७ नम्बरको बस शनिबार बिहान करिब ६ बजेतिर त्रिशुली नदीमा खसेको हो । नदीमा डुबेको बसलाई क्रेनको सहायताले बाहिर निकाल्ने प्रयास भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL