Logo

टानमा बाम गठबन्धन र प्रजातान्त्रिक समुहबीच चुनावी प्रतिस्पर्धा, अध्यक्षमा ३ जनाको उम्मेदवारी

टानमा बाम गठबन्धन र प्रजातान्त्रिक समुहबीच चुनावी प्रतिस्पर्धा, अध्यक्षमा ३ जनाको उम्मेदवारी


बिजखबर संवाददाता
540
Shares

काठमाडौं । ट्रेकिङ एजेन्सिज् एसोसिएसन नेपाल (टान) को नयाँ कार्यसमिति चयनका लागि वाम गठबन्धन र प्रजातान्त्रिकसम्बद्ध पर्यटन व्यवसायीबीच चुनावी प्रतिस्पर्धा हुने भएको छ ।

यही कात्तिक १२ गते हुने निर्वाचनका लागि बाम गठबन्धनबाट अध्यक्षका लागि नवराज दाहालले उम्मेदवारी दिएका छन् भने प्रजातान्त्रिक समूहबाट मोहन लम्सालको उम्मेदवारी परेको छ । साथै पर्यटन व्यवसायी नुरुजाङ्बु शेर्पाले पनि स्वतन्त्र रुपमा अध्यक्षमा उम्मेदवारी दिएका टानले जानकारी दिएको छ ।

यसैगरी, बाम गठबन्धनबाट वरिष्ठ उपाध्यक्षमा पूर्णचन्द्र भुसाल, प्रथम उपाध्यक्षमा जीवन थापा मगर, महासचिवमा आङ्तेम्बा शेर्पा र सचिवमा सुजन लामिछानेको उम्मेदवारी दिएका छने भने कोषाध्यक्षमा रामकृष्ण तिमल्सिना र सह–कोषाध्यक्षमा तारा रानाले उमेदवारी दर्ता गराएका छन् ।

यसैगरी प्रजातान्त्रिक समूहबाट वरिष्ठ उपाध्यक्षमा खुमबहादुर सुवेदी, प्रथम उपाध्यक्षमा बाबुकाजी सिटौला, महासचिवमा सेवन देवकोटा, सचिवमा सुरेन्द्रबहादुर कार्कीको उम्मेदवारी दर्ता गराएका छन् । यस्तै कोषाध्यक्षमा सुवास केसी र सह–कोषाध्यक्षमा किरण धरेलले उम्मेदवारी दर्ता गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL