Logo

४५ जिल्लामा निर्वाचन अधिकृतको कार्यालय स्थापना, बिहीबारदेखि सञ्चालनमा

४५ जिल्लामा निर्वाचन अधिकृतको कार्यालय स्थापना, बिहीबारदेखि सञ्चालनमा


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । दोस्रो चरणमा मंसिर २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । ४५ जिल्लामा बिहीबारदेखि कार्यलय स्थापना भएको हो ।

निर्वाचन आयोगमा रहेको संयुक्त निर्वाचन परिचालन केन्द्र (जेइओसी) बाट प्राप्त जानकारी अनुसार सबै मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतका कार्यालयहरु आजैदेखि सञ्चालनमा आएका छन् ।

दोस्रो चरणमा प्रतिनिधिसभातर्फ १२८ र प्रदेशसभा सदस्यतर्फ २५६ निर्वाचन क्षेत्रमा निर्वाचन हँुदैछ ।

दोस्रो चरणमा १ करोड २१ लाख ९८ हजार ८५२ मतदाताले मताधिकारको प्रयोग गर्ने आयोगले जानकारी दिएको छ ।

दोस्रो चरणमा निर्वाचन हुने प्रतिनिधिसभातर्फ १२८ र प्रदेशसभातर्फ २५६ निर्वाचन क्षेत्रका लागि कात्तिक १६ गते उम्मेदवारको मनोनयन दर्ता हुने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL