Logo

नेप्सको अध्यक्षमा नेपाल, ८ नयाँ सञ्चालक चयन

नेप्सको अध्यक्षमा नेपाल, ८ नयाँ सञ्चालक चयन


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम नेप्स अध्यक्षमा रविनकुमार नेपाल चयन भएका छन् । कम्पनीको कात्तिक १ गते बसेको ६२ औं सञ्चालक समितिको बैठकले नेपाललाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको हो ।

त्यस्तै असोज २९को चौथो बार्षिक साधारणसभाले ८ जना नयाँ सञ्चालक चयन गरेको छ । जसमा जनता बैंक नेपाल लिमिटेडका पृथ्वीनारायण श्रेष्ठ,सनराइज बैंक लिमिटेडका रविनकुमार नेपाल, प्राइम कमर्सियल बैंकका भाइराजा तुलाधर, प्रविनप्रकाश क्षेत्री बैंक अफ काठमाडौं, नारायणप्रकाश भुजु माछापुच्छ्रे बैंक, रत्नताररा वैद्य नेपाल बंगलादेश बैंक, सन्जीवकुमार श्रेष्ठ सिटिजन्स बैंक र सिद्धार्थ बैंकका सुरेशराज महर्जन छन् ।

१५ ओटा बैंक तथा वित्तीय संस्थहरुद्धारा सञ्चालित नेप्स पेमेन्ट कार्ड इन्डष्ट्रि डाटा सेकयुरिटी स्ट्याण्डर्ड र पिसिआइ पिआइएन प्रमाणित कम्पनी हो ।

कम्पनी बैंक तथा वित्तीय संस्थाहरुका लागि इलेक्ट्रोनिक भुक्तानी सेवा प्रदान गर्ने साझा प्लेटफर्मको रुपमा विस्तारित हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्