Logo

आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन, चुनाव चिह्न वितरण गरिने

आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन, चुनाव चिह्न वितरण गरिने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । निर्वाचन आयोगले बुधबार मनोनय दर्ता गराएका उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गर्दै छ । १० मंसिरमा हुने पहिलो चरणको प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि मनोनयन दर्ता गराएका उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरी चुनाव चिह्न वितरण गर्न लागेकोे हो ।

उम्मेदवारहरुमाथि परेको उजुरी र दावी विरोध सकिएपछि आयोगले बुधबार नामावली प्रकाशन गर्ने आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

प्रतिनिधिसभाका लागि ३२० र प्रदेशसभाका लागि ४८२ गरी कुल ८०२ जनाको उम्मेदवारी परेको उनले जानकारी दिए ।
आयोगले बुधबार १० देखि १ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय छुट्याएको छ ।

१ बजेपछि अन्तिम नामावली प्रकाशन गर्ने र साँझ ६ बजेभित्र चुनाव चिह्न वितरण गर्ने प्रवक्ता ढकालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL