काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी केन्द्रबाट मन्त्री भएकाहरुलाई जिम्मेवार बिहीन बनाएका छन् । देउवाले आज उनीहरुको जिम्मेवारी खोस्दै विना विभागीय भएका हुन् ।
माओवादी केन्द्रले बिहान सरकारबाट बाहिरीने बताएको थियो । तर, दिउसो पत्रकार सम्मेलन गर्दै तत्काल सरकारबाट हट्दा चुनावमा असर गर्ने भन्दै नबाहिरिने निर्णय लिएको थियो ।
देउवाले कमल थापालाई उपप्रधान सहित ऊर्जा मन्त्रालयको जिम्मेवारी दिएका छन् । यसैगरी दिलनाथ गिरीलाई शहरी विकास मन्त्रालय, विक्रम थापालाई महिला तथा बालबालिका र जयन्त चन्दलाई आपूर्ति मन्त्रालयको जिम्मेवारी दिइएको छ ।