Logo

राष्ट्रसंघ मानवअधिकार परिषद्को सदस्यमा नेपाल विजयी

राष्ट्रसंघ मानवअधिकार परिषद्को सदस्यमा नेपाल विजयी


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषद्को सदस्यमा नेपाल विजयी भएको छ।

सोमबार बेलुका अमेरिकाको न्युयोर्कमा भएको निर्वाचनमा नेपाल सबैभन्दा बढी मत ल्याएर एसिया प्यासिफिक क्षेत्रबाट सदस्यमा विजयी बनेको हो।

नेपाल १ सय ६६ मत ल्याएर पहिलो भएको हो । दोस्रोमा कतार १ सय ५५ र तेस्रोमा पाकिस्तान १ सय ५१ र चौथोमा अफागानिस्तान १ सय ३० मत ल्याएर दुई वर्षका लागि सदस्य बनेका हुन्।

आसियान मुलुक मलेसिया भने १ सय २९ मतले पाँचौ भएर सदस्य हुनबाट चुकेको छ।

नेपाल, कतार, पाकिस्तान, अफगानिस्तान र मलेसिया यसको सदस्यमा प्रतिस्पर्धामा थिए। पहिला माल्दिभ्सले पनि उम्मेदवारी दिएकोमा अन्तमा फिर्ता लिएको थियो।

नेपालले यसअघि सन् १९९५ देखि २००० सम्म, २००४ देखि २००६ मा सदस्य रहेको थियो । १९९९ देखि २००० सम्म नेपाल यसको उपाध्यक्ष नै थियो ।

प्रतिक्रिया दिनुहोस्