Logo

एनआरएनएको अध्यक्षमा भवन भट्ट, गुरुङसँग ६ सय बढी मतान्तर

एनआरएनएको अध्यक्षमा भवन भट्ट, गुरुङसँग ६ सय बढी मतान्तर


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । गैर आवासीय नेपाली सङ्घ(एनआरएन)को अध्यक्षमा टीबीआई ग्रुपका संस्थापक भवन भट्ट निर्वाचित भएका छन् । सोमबार राजधानीमा सम्पन्न एनआरएनएको निर्वाचनमा भट्टले आफ्ना प्रतिस्पर्धि जमुना घले गुरुङलाई करिब पाँच सय मतले पछि पारेका हुन् ।

भट्टले ११९७ मत प्राप्त गरेको निर्वाचन समितीले जनाएको छ । प्रतिस्पर्धि गुरुङले ५८४ मत प्राप्त गरेकी थिइन् । एनआरएनएका १८५४ प्रतिनिधिमध्य १७८८ जनाले मतदान गरेका थिए ।

राति साढे दुई बजे घोषणा भएको नतिजा अनुसार उपाध्यक्षमा कुमार पन्त र कुुल आचार्य निर्वाचित भएका छन् । महिला उपाध्यक्षमा सपिला राजभण्डारी निर्वाचित भएकी छन् । सचिवमा डा.बद्री केसी र डी बी क्षेत्रीले जित हासिल गरेका छन् ।

कोषाध्यक्षमा हिक्मत थापा, सह कोषाध्यक्षमा सोमनाथ सापकोटा, महिला संयोजकमा रजनी प्रधान र युवा संयोजकमा सुधन थापा निर्वाचित भएका छन् ।

सोमबार सम्पन्न निर्वाचन अनुसार एसिया प्रशान्त क्षेत्रको संयोजकमा किरणविक्रम थापा र क्षेत्रीय उप संयोजकमा पारसमणी पोखरेल र विनोद कुँवर निर्वाचित भएका छन् । एसिया क्षेत्रको महिला उप संयोजकमा जुनुमाया गुरुङ निर्विरोध निर्वाचित भइन् । अफ्रिका क्षेत्रको संयोजकमा सुनिल कार्की, डा.भुवनप्रसाद दाहाल, उप संयोजकमा शिवप्रसाद शर्मा, महिला उपसंयोजकमा मनकला थापा, युवा उप संयोजकमा बाबुराम लुइटेल निर्वाचित भएका छन् ।

युरोप क्षेत्रको संयोजकमा शिव बरुवाल, उप संयोजकमा गोविन्द गौतम, एक राज गिरी, महिला संयोजकमा संगिता मरहठ्ठा र युवा उप संयोजकमा जयकृष्ण ठाकुरा निर्वाचित भए । अमेरिका क्षेत्रको क्षेत्रीय संयोजकमा गौरीराज जोशी उप संयोजकमा नवीन शेरचन, महिला उप संयोजकमा संगिता लम्साल र युवा उप संयोजकमा डा. बर्षा मोक्तान निर्वाचित भएका छन् ।

ओसिनिया क्षेत्रीय संयोजकमा धर्मराज अधिकारी, महिला उप संयोजकमा प्रिती शर्मा र युवा उप संयोजकमा ऋषिराज आचार्यले जित हासिल गरे । मध्यपूर्व क्षेत्रको संयोजकमा राजेन्द्रकुमार शर्मा, उप संयोजकमा गोपालप्रसाद कँडेल र प्रवीण गुरुङ, महिला उपसंयोजकमा यासयीन बेगम र युवा उपसंयोजकमा राजकुमार बस्नेत निर्वाचित भए ।

शनिबारदेखि सुरु भएको एनआरएनएको आठौं विश्व सम्मेलन तथा अन्र्तराष्ट्रिय महाधिवेश मङ्गलबार सम्पन्न हुँदैछ । कार्यक्रमको समापन समारोहमा प्रधानमन्त्री शेर बहादुर देउवा उपस्थित हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL