Logo

स्मार्ट लाइसेन्स छाप्ने जिम्मा भारतीय कम्पनीलाईनै

स्मार्ट लाइसेन्स छाप्ने जिम्मा भारतीय कम्पनीलाईनै


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । स्मार्ट लाइसेन्स आपूर्तिको जिम्मा भारतीय कम्पनीले पाएको छ । यातायात व्यवस्था विभागले भारतीय कम्पनी मद्रास सेक्युरेटी प्रिन्टर्सलाई एकैपटक ७ लाख ५० हजार स्मार्ट लाइसेन्स आपूर्ति गर्ने ठेक्का दिएको हो ।

विभागले गरेको ग्लोबल टेन्डरमा कम मूल्यमा आपूर्ति दिने गरी मद्रासले  प्रस्ताव गरेको हो । सोमबार कम्पनीसँग ठेक्का सम्झौता गर्न लागिएको महानिर्देशक रुपनारायण भट्टराईले जानकारी दिए । भट्टराईका अनुसार ४ ओटा कम्पनीले स्मार्ट लाईसेन्स आपूर्तीका लागि प्रस्ताव पेस गरेको थियो । जसमध्ये १ ओटा युरोपेली, २ अमेरिकन र भारतीय कम्पनी थिए ।

भारतीय कम्पनी मद्रास सेक्युरेटी प्रिन्टर्सले सबैभन्दा कम मूल्यमा लाइसेनस आपूर्ती गर्ने प्रस्ताव राखेकोले छनौटमा परेको हो । तीन वटा लाइसेन्सको प्रिन्टिङ मेसिन आपूर्तिको ठेक्का उक्त कम्पनीले नौ लाख ८० हजार डलरमा पाएको हो ।

केही समयअघि स्मार्ट लाइसेन्सका लागि नागरिकसँग लिइएको विवरण भारत पुगेको ठहर गर्दै त्यस्तो नहुने गरी व्यवस्थापन गर्न सरकारलाई आदेश दिएको थियो ।

विभागले एकसाथ ७ लाख ५० हजार लाइसेन्स आपूर्तिका लागि टेन्डर आह्वान गरेकामा मद्रासले एउटा कार्ड शुन्य दशमलव ९६ वा ९७ अमेरिकी डलरमा उपलब्ध गराउने गरी टेन्डर हालेको छ । यस्तै, एउटा प्रिन्टिङ मेसिन ७५ हजार अमेरिकी डलरमा उपलब्ध गराउने उक्त कम्पनीको प्रस्ताव छ । टेन्डरमा सहभागी दुई युरोपेली र एक अमेरिकी कम्पनीको प्रस्तावित मूल्य त्यसभन्दा बढी छ ।

हालका प्रिन्टिङ मेसिनमा बारम्बार प्राविधिक समस्या आएपछि तीन वटा थप्न लागिएको हो । आज हुने सम्झौताअनुसार मद्रास प्रिन्टर्सले दुई महिनाभित्र साढे तीन लाख कार्ड उपलब्ध गराउने महानिर्देशक भट्टराईले जानकारी दिए । कम्पनीले विभागलाई अहिलेसम्म स्मार्ट लाइसेन्सको कार्ड आपूर्ति गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL