काठमाडौं । अब रोल्पाबाट नयाँदिल्ली जान सहज हुने भएको छ ।
रोल्पा सदरमुकाम लिवाङबाट भारतको राजधानी नयाँदिल्लीका लागि सिधा बस सेवा सुरु भएसँगै यात्रा सहज हुने भएको हो ।
यातायात प्रदायक संस्था रोल्पा यातायात प्रालिले बस सेवा सुरु गरेको हो।
हरेक हप्ताको बुधबार रोल्पा लिवाङ, प्युठान, भालुवाङ, नेपालगञ्ज हुँदै भारतको नयाँदिल्लीका लागि बस सेवा सुरु गरिएको छ।
त्यस्तै, दिल्लीबाट शुक्रबार रोल्पा लिवाङका लागि बस छुट्ने छ।