Logo

कांग्रेसमा फर्कदै गच्छदार, आज पार्टी एकता हुँदै

कांग्रेसमा फर्कदै गच्छदार, आज पार्टी एकता हुँदै


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाली कांग्रेस र नेपाल लोकतान्त्रिक फोरमबीच आज पार्टी एकता हुने भएको छ । सोमबार बिहान ११ बजे प्रधानमन्त्रीे निवास बालुुवाटारमा एकता घोषणाको कार्यक्रम राखिएको छ ।

विजयकुमार गच्छदार कांग्रेस पार्टी परित्याग गरेर नेपाल लोकतान्त्रिक फोरममा गएका थिए । स्थानीय तह निर्वाचनमा पराजयपछि पुनः कांग्रेसमै फर्किन लागेका हुन् ।

कांंग्रेस र फोरम लोकतान्त्रिकबीच आइतबरनै एकता घोषणा गर्ने तयारी भएपनि सहमती नहुँदा रोकिएको थियो ।

प्रतिक्रिया दिनुहोस्