Logo

सकियो सांसदहरुको कार्यकाल, संबिधानसभा सदस्यको पहिचानसहितको विशिष्ट लोगो दिइने

सकियो सांसदहरुको कार्यकाल, संबिधानसभा सदस्यको पहिचानसहितको विशिष्ट लोगो दिइने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । शनिवारदेखि सांदहरुको आयु सकिएको छ । यसैक्रममा कार्यकाल सकिएका सांसदले ‘संविधानसभा सदस्य’को पहिचानसहितको विशिष्ट लोगो पाउने भएका छन् ।

संसद सचिवालयका अनुसार पहिलो र दोस्रो संविधानसभाका सबै सदस्यलाई लोगो दिइने
छ ।

तर, पूर्वसभासद्हरूले राखेको सरकारी अस्पतालमा निःशुल्क स्वास्थ्योपचार हुनुपर्ने, बहालवाला सांसदसमान मर्यादाक्रम हुनुपर्ने र विशिष्ट लोगो दिनुपर्ने लगायत माग भने पुरा नहुने भएको हो ।
सांसदले कार्यकाल सकिएपछि पनि बाटोखर्चबापत एक महिनाको तलब पाउने छन् । विगतमा पनि कार्यकाल समाप्तिपछि सांसदलाई यस्तो सुविधा दिने गरिएको संसद् सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL