Logo

बाम गठबन्धनबाट छुट्टियो नयाँ शक्ति, डा. भट्टराई गोरखा २ बाट चुनाव उठ्ने

बाम गठबन्धनबाट छुट्टियो नयाँ शक्ति, डा. भट्टराई गोरखा २ बाट चुनाव उठ्ने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नयाँ शक्ति पार्टी नेपाल बाम गठवन्धनबाट बाहिरिएको छ । चुनाव चिहृन आँखा लिएर निर्वाचन लड्ने निर्णय गर्दै नयाँ शक्ति बाम गठबन्धनबाट बाहिरिएको हो ।

केही समय अघि बाम गठबन्धन भन्दै एमाले, माओवादी बेन्द्र र नयाँ शक्तिबीच आगामी प्रतिनीधिसभा र प्रदेश निमर्वाचनको लागि चुनावी एकता भएको थियो भने नयाँ शक्तिले एमालेको सूर्य चुनाव चिन्ह लिएर चुनाव लड्ने सहमति जनाएको थियो । तर, सीट संख्या बाँडफाँड तथा क्षेत्र तोक्ने विषयमा सहमति हुन नसक्दा नयाँ शक्ति बाम गठबन्धनबाट बाहिरिएको हो ।

माओवादी केन्द्रले नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्राईलाई गोरखा २ नन्बर क्षेत्रबाट चुनाव लड्न नदिने भनेसँगै उनी रुष्ट भएका थिए । तर, भट्रटर्राइले आफु जसरी पनि गोरखा २ नम्बर क्षेत्रबाटै चुनाव लड्ने बताउँदै बाम गठबन्धनबाट अलग्एिका हुन् ।

प्रतिक्रिया दिनुहोस्
MBL