Logo

प्रधानमन्त्रीले गरे मन्त्रीमण्डल विस्तार, उपप्रधानमन्त्रीमा कमल थापा

प्रधानमन्त्रीले गरे मन्त्रीमण्डल विस्तार, उपप्रधानमन्त्रीमा कमल थापा


बिजखबर संवाददाता
0
Shares

राप्रपा अध्यक्ष कमल थापा उपप्रधानमन्त्री भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउदावले आज मन्त्रीमण्डल विस्तार गर्दै उनलाई उपप्रधानमन्त्रीमा नियुक्त गरेका हुन् ।

यसैगरी विना विभागीय मन्त्रीहरुमा राप्रपा नेताहरु जयन्त चन्द, दिलनाथ गिरी, विक्रम थापा नियुक्त भएका छन् । कुन्ती साही, भास्कर भद्रा, सुशील श्रेष्ठ र कान्ता भट्टराईलाई भने राज्यमन्त्री नियुक्त गरिएको छ ।

नवनियुक्त उपप्रधानमन्त्री तथा मन्त्रीहरुको नाम राष्ट्रपतिसमक्ष पठाइएको र भोली सपथको कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL