Logo

व्यापार घाटा कम गर्न घरेलु उद्योगका उत्पादनलाई गुणस्तरीय र प्रतिस्पर्धी बनाउनुपर्छः वाणिज्यमन्त्री

व्यापार घाटा कम गर्न घरेलु उद्योगका उत्पादनलाई गुणस्तरीय र प्रतिस्पर्धी बनाउनुपर्छः वाणिज्यमन्त्री


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । वाणिज्यमन्त्री मीनबहादुर विश्वकर्माले लघु, घरेलु तथा साना उद्योगका उत्पादनहरूलाई गुणस्तरीय र प्रतिष्पर्धी बनाएर बजारीकरण गर्नुपर्ने बताएका छन् । बढ्दो व्यापार घाटा कम गर्न र निर्यात बढाउन गर्न सकिने उपायबारे नेपाल घरेलु तथा साना उद्योग महासंघको प्रतिनिधिमण्डलसँग मन्त्रालयमा आयोजित अन्तरक्रियामा उनले यस्तो बताएका हुन् ।

आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने मुख्य माध्यम बनेका यस्ता उद्योगको विकास र यिनका उत्पादनहरूको बजारीकरणका लागि सरकारले उच्च प्राथमिकताका साथ ध्यान दिएर अगाडि बढेको समेत उनले प्रष्ट पारे ।

सो अवसरमा मन्त्री विश्वकर्माले नेपालको व्यापारको अवस्था कहाली लाग्दो अवस्थामा रहेको बताए । ‘हामीले व्यापार गर्न नै जानेनौं, अलिक बढी मेहनत गरेर घरेलु उत्पादनलाई उच्च गुणस्तरीय बनाउन सक्यौं भने अन्तराष्ट्रिय बजारका लागि हाम्रा प्रतिष्पर्धी नै कोही हुने छैननन्’ उनले भने ।

यसले नेपालको पहिचान र गौरव प्रस्तुत गर्नुका साथै चुलिंदै गएको व्यापार घाटा कम गर्न सकिनेछ ।’घरेलु तथा साना उद्योग फष्टाउनका लागि पहिलो शर्त गुणस्तर र त्यसपछि परिमाण भएको बताए ।

छिट्टै नाफा कमाउने लोभमा कम गुणस्तरीय वस्तु उत्पादन गर्नेतर्फ लाग्दा नेपाली ब्राण्ड नै विग्रँदै गएकोे गुनासो उनले गरे । मन्त्री विश्वकर्माले भने ‘छिटो नाफा कमाउने लोभमा हाम्रा ब्राण्डहरू चिया, अदुवा, पश्मिना, सुपारीलगायतका ब्राण्डलाई छिमेकी मुलुकबाट ल्याएर निर्यात गर्ने प्रवृतिले विगा¥यौं धन्य अलैंची भने छिमेकी मुलुकमा नपाईने भएकाले बचेको छ ।’

नेपालको आर्थिक रुपान्तरणको बाहक र समावेशी अर्थतन्त्र निर्माणको आधार स्तम्भ लघु घरेलु तथा साना उद्योगहरु फष्टाउन समय सुहाउँदो प्रविधि र सीपको विकास हुनुपर्नेमा पनि मन्त्री विश्वकर्माको जोड थियो ।

कार्यक्रममा वाणिज्य राज्यमन्त्री नरबहादुर चन्दले लघु तथा घरेलु उद्यमीलाई आत्मनिर्भर बनाउनुपर्ने आवश्यकता औंल्याउँदै लघु उद्योगको विकास गर्न सकेमा मुलुकको आर्थिक विकासमा सहयोग पुग्ने बताए ।

महासंघका अध्यक्ष श्यामप्रसाद गिरीले नेपालको आर्थिक रुपान्तरणको बाहक र समावेशी अर्थतन्त्र निर्माणको आधार स्तम्भ लघु घरेलु तथा साना उद्योगहरु नीतिगत प्रष्टताको अभावमा फष्टाउन नसकेको बताए । संख्यात्मक हिसाबले पनि कम हँुदै तीन लाख २० हजार उद्योगमध्ये अहिले एक लाख ९५ हजार यस्ता उद्योगहरू सञ्चालनमा रहेको जानकारी दिए ।

लघु घरेलु तथा साना उद्योगको विकासको पहिलो र अनिवार्य शर्त भनेको नीतिगत स्पष्टता भएकोमा जोड दिए । नीति निर्माण एक जीवन्त प्रक्रिया भएको भन्दै महासंघ समयक्रममा विकास हुने जटिल अर्थ राजनीतिक परिवेश अनुरुप लघु घरेलु तथा साना

उद्योग सम्बन्धि नीतिहरु थप प्रष्ट एवम नियमित रुपमा परिमार्जित भई कार्यान्वयनमा आएमा मात्रै यस्ता उद्योगहरु आर्थिक रुपान्तरणको संवाहक हुन सक्ने जानकारी दिए ।
महासंघको प्रतिनिधिमण्डलमा महासंघका पूर्व अध्यक्षहरू वासुदेव गिरी, लता प्याकुरेल, सुरेश प्रधान, उपाध्यक्ष मोहन कटुवाल, महासचिव डम्बरप्रसाद रेग्मी, कोषाध्यक्ष सत्यनारायण प्रजापतिलगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्