काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनमाथि भएको गोली प्रहारको नेपाल चेम्वर अफ कर्मसले भत्सर्ना गरेको छ ।
सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै हत्याको भत्सर्ना गरेको हो ।
‘नेपालकै उत्कृष्ट निर्माण व्यवसायी स्व. गौचनमाथि दिनदहाडै गोली प्रहार गरी हत्या हुनुले सरकारको सुरक्षा व्यवस्था कमजोर रहेको पुष्टी भएको छ’ विज्ञप्तिमा भनिएको छ ।
राजधानीको नयाँं वानेश्वरमा आफनै गाडीमा हिडिरहेका व्यवसायीको हत्या हुनुले निर्माण व्यवयासीहरु मात्रै होइन, नेपालका सम्पूर्ण उद्योगी व्यवसायीहरुलाई नै मर्माहत तुल्याएको छ ।
साथै देशभित्र उद्योगी व्यवसायीको सुरक्षा नहुँंदा वैदेशिक लगानी समेत प्रभावित हुने र देशको आर्थिक समृद्धिको कल्पना समेत गर्न नसकिने अवस्था देखापर्ने सम्भावना रहेकोले सुरक्षा व्यवस्था प्रति गम्भीर हुन नेपाल सरकारालाई अनुरोध गरेको छ ।
नेपाल चेम्वर अफ कमर्सले दोषिमाथि कडाभन्दा कडा कारबाहीको मागसाथै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेको छ ।