Logo

गोपाल खड्कालाई नहटाउन सर्वोच्चको अन्तरिम आदेश

गोपाल खड्कालाई नहटाउन सर्वोच्चको अन्तरिम आदेश


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सर्वोच्च अदालतले नेपाल आयल निगमका निलम्वित प्रबन्ध निर्देशक गोपालबहादुर खड्कालाई पुर्नबहालिको लागि अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्च अदालतका न्यायधिश पुरुषोत्तम भण्डारीको एकल इजलाशले मन्त्रीपरिषद्को निर्णय तत्काल कार्यान्वयन नगराउन अन्तरिम आदेश दिएको हो ।

खड्काले सरकारले भनेको नमानेको तथा तेल आपूर्ति तथा वितरणमा व्यवस्थापन गर्न नसकेको भन्दै एक महिना अघि मन्त्रीपरिषद्को निर्णयले पदबाट हटाएको थियो । तर खड्काले आफुलाई विना कारण हटाएको तथा आफुलाई ४ वर्षका लागि नियुक्ति गरिएको भन्दै उपयुक्त आज्ञा आदेश वा पूर्जी जारी गर्नुपर्ने मागसहित खड्काले दशैं अघि रिट निवेदन दर्ता गरेका थिए । उक्त रिटमाथी सुनुवाई गर्दै सर्वोच्चले उनलाई तत्काल हटाउने निर्णय कार्यान्वयन नगराउन सरकालाई अन्तरिम आदेश दिएको हो ।

सर्वोच्चको सो निर्णयसँगै खड्काले पुनः नेपाल आयाल निगमको प्रबन्ध निर्देशकको रुपमा काम गर्न पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL