Logo

ईपीजी बैठक शुरु, १९५० को मैत्री सन्धि परिमार्जन नेपालको एजेन्डा

ईपीजी बैठक शुरु, १९५० को मैत्री सन्धि परिमार्जन नेपालको एजेन्डा


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल–भारत प्रबुद्ध समूह (ईपीजी) को पाँचौं बैठक सुरु भएको छ । काठमाडौंमा शुरु बैठकमा नेपालतर्फबाट संयोजक डा. भेषबहादुर थापा तथा सदस्यहरू डा. राजन भट्टराई, नीलाम्बर आचार्य र सूर्यनाथ उपाध्याय सहभागी छन् ।

त्यस्तै भारतीय पक्षको नेतृत्व संयोजक भगतसिंह कोसियारी र सदस्यहरू डा. बिसी उप्रेती र महेन्द्र पी लामा पनि बैठकमा सहभागी छन् ।

बैठक गत भदौमा बस्नु पर्ने भएपनि नेपाल र भारतका सदस्यहरुको ब्यस्तताको कारणले नभएको हो । नेपाल भारतबीच भएका विभिन्न सन्धि सम्झौताहरुको समयानुकूल परिमार्जन गर्न दुई वर्षअगाडि यो समूहको गठन भएको हो ।
आजबाट सुरु बैठकमा नेपालले १९५० को मैत्री सन्धिमा परिमार्जन गर्नुपर्ने विषयलाई अन्तिम रुप दिने गरी तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्