Logo

यस बर्षको नोबेल शान्ति पुरस्कार नर्वेली संस्था आईसीएएनलाई

यस बर्षको नोबेल शान्ति पुरस्कार नर्वेली संस्था आईसीएएनलाई


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । यस वर्षको नोबेल शान्ति पुरस्कार नर्वेली संस्था इन्टरनेसनल क्याम्पेन टु एबोलिस न्युक्लियर विपन्स (आईसीएएन)ले पाएको छ ।
संस्थालाई परमाणु हतियारहरुको कुनै पनि उपयोगको विनासकारी मानवतावादी परिणाम तथा त्यस प्रकारका हतियारहरुको सन्धि(आधारित निषेधलाई प्राप्त गर्नका लागि स्थलगत विष्फोटक प्रयासहरुमा ध्यान आकर्षित गरेको भन्दै पुरस्कार दिएको हो ।

नर्वेली नोबेल कमिटीका अध्यक्ष बेरिट रेस एन्डर्सनले उक्त पुरस्कार घोषणा गरेका हुन् । नौ लाख स्विडिस क्रोनरको यो पुरस्कार ओस्लोमा दिइने उनले जानकारी दिए ।

गत वर्षको नोबेल शान्ति पुरस्कार ५२ वर्षे गृहयुद्ध अन्त्य गरेकामा कोलम्बियाका राष्ट्रपति हुवाँ म्यानुएल सान्तोसलाई दिइएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL