काठटमाडौं । निर्वाचन आयोगले आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि मतदाताको संख्या टुङ्गो लगाएको छ । आयोगको मंगलबार भएको बैंठकले सो निर्वाचनमा कुल १ करोड ५४ लाख २७ हजार ७ सय ३१ मतदाता रहने टुङ्गो लगाएको हो ।
आयोगका अनुसार सो निर्वाचनमा पुरुष मतदाताको संख्या ७७ लाख ७६ हजार रहेको छ भने महिला मतदाताको संख्या ७६ लाख ५१ हजार रहेको छ । यसैगरी तेस्रो लिङ्गी मतदाताको संख्या भने १ सय ७० जना रहेका छन् ।
स्वीकृति मतदाता नामावली अनुसार प्रदेश नं. १ मा २९ लाख ९३ हजार ६ सय ६९ जना, प्रदेश नं. २ मा २७ लाख ७६ हजार ३ सय ६९, प्रदेश ३ मा ३० लाख ७४ हजार ४ सय १२, प्रदेश ४ मा १५ लाख ६८ हजार ८ सय २९, प्रदेश ५ मा २७ लाख ४० हजार ८ सय ४८, प्रदेश ६ मा ८ लाख ४६ हजार ९ सय ३३ र प्रदेश ७ मा १४ लाख ३५ हजार ६ सय ७१ जना मतदाता रहेका छन् ।
कुन जिल्लामा कति ?