Logo

एमाले, माओवादी केन्द्र र नयाँ शक्तिबीच एकिकरण, ८ सदस्यीय कमिटि गठन

एमाले, माओवादी केन्द्र र नयाँ शक्तिबीच एकिकरण, ८ सदस्यीय कमिटि गठन


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नयाँ शक्ति नेपालबीच पार्टी एकिकरण हुने भएको छ । आज यी तीन पार्टीबीच ६ बुँदे सम्झौता गर्दौ आगामी प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा तालमेल तथा पार्टी एकिकरणको सहमति गरेका हुन् । नेपालमा एउटै एउटै कम्युनिष्ट पार्टी बनाउने उद्देश्य सहित पार्टी एकिकरणको सहमति गरिएको उक्त सम्झौतामा उल्लेख छ ।

उक्त सहमतिपत्रमा एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईले हस्ताक्षर गरेका हुन् । साथै उनीहरुले अन्य कम्युनिष्ट तथा वामपन्थी पार्टीलाई एकीकरणमा आउन आहृवान समेत गरेका छन् ।

सहमती अनुसार तीन दलले आगामी प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा तालमेल गर्ने सहमति पनि गरेका छन् भने संसदको चुनावमा साझा घोषणापत्र बनाउने भएका छन् ।

तीन पार्टीबीच एकिकरणका लागि ८ सदस्यीय पार्टी एकता संयोजन समिति समित गठन गरिएको छ । जसमा एमालेबाट चार, माओवादीबाट तीन र नयाँ शक्तिबाट एक सदस्य रहनेछन् । पार्टी एकीकरणको संयोजन समितिको प्रमुख नेतामा भने एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्ड रहने सम्झौता उल्लेख छ ।

यसैगरी आगामी चुनावमा प्रत्यक्षतर्फ नयाँ शक्ति र अन्य दललाई आपसी सहमतिमा निर्वाचन क्षेत्र निर्धारण गर्ने र बाँकी सिटमा एमालेको ६० र माओवादीको ४० प्रतिशत हुने गरी तालमेल गरिने भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
MBL