काठमाडौं । सरकारले स्वास्थ्य सेवा नरोक्न चिकित्सकहरुलाई आग्रह गरेको छ ।
सोमबार बसेको मन्त्रि परिषदको बैठकले आन्दोलन फिर्ता लिएर स्वास्थ्य सेवा नरोक्न चिकित्सकहरुलाई आग्रह गरेको हो ।
बैठकले नेपाल चिकित्सक संघले अघि सारेको मागहरु सम्बोधन गर्न सकारात्मक रहेको जानकारी दिएको छ । साथै स्वास्थ्य सेवा सुरू गर्न चिकित्सकहरुलाई आग्रह गरेको छ ।