Logo

एनसिसी बैंकको नयाँ शाखा रामहिटीमा, आइतबारदेखि कारोबार शुरु

एनसिसी बैंकको नयाँ शाखा रामहिटीमा, आइतबारदेखि कारोबार शुरु


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड ‘एनसिसी’ ले काठमाण्डौं रामहिटीमा शाखा संचालनमा ल्याएको छ । उक्त शाखाको समुद्घाटन बैंकका संचालक समितिका अध्यक्ष उपेन्द्र केशरी न्यौपानेले गरेका छन् ।
कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृतले यस क्षेत्रका उद्योगी, व्यापारी तथा सर्वसाधारणलाई सहयोग पु¥याउने उद्देश्यले बैंकको शाखा संचालन गरिएको जानकारी दिए ।

बैंक संचालक समितिका सदस्य तथा अन्य आमन्त्रित उद्यमी, व्यवसायी तथा बैंकका पदाधिकारीहरुको उपस्थितिमा उक्त शाखाको समुद्घाटन कार्यक्रम सम्पन्न भएको बैंकले जनाएको छ ।

बैंकले यसअघि आश्विन ६ गते शुक्रवार भक्तपुर नगरपालिका, वडा नं. ४, सूर्यविनायकमा शाखा संचालनमा ल्याएको थियो ।

प्रतिक्रिया दिनुहोस्