काठमाडौं । वागतमी नदी किनारका सुकुम्बासी बस्तीलाई स्थानान्तरण गरिने भएको छ । सहरी विकास मन्त्रालयल र गरिवी निवारण मन्त्रालयसँगको सहकार्यमा एक महिना भित्र वागमती नदी किनारका सुकुम्बासीलाई सो स्थानबाट हटाउन लागिएको हो ।
सहरी विकास मन्त्री प्रभु साहको संयोजकत्वमा शुक्रबार मन्त्रालयमा बसेको सरोकारवाहरुसँगको बैठकले सो बस्तीलाई इँचाइगुनारायणमा निर्माण भएको संयुक्त आवासमा स्थानान्तरण गरिने भएको छ । नार्गजुननगरपालिका वडा नम्बर २ इँचाइगुनारायणमा निर्माण भएको संयुक्तआवास भवनलाई एक महिना भित्रमा सञ्चालनमा ल्याइने भएको छ । सो आवास संचालनमा आएसँगै सकुम्बासी बस्तीलाई पनि स्थानान्तरण गरिने भएको छ ।
मन्त्री साहका अनुसार नदी किनारामा अव्यवस्थित रुपमा बसोबास गरेका लक्षित समुदायलाई आवासको व्यवस्थापनगर्न लागिएको हो । ‘जबसम्म नदी किनाराका अव्यवस्थित बस्तीको पुर्नवास गर्न सकिदैन तबसम्म राजधानी सहर व्वस्थापन हुन सक्दैन,’ उनले भने, ‘वागमती आसपासमा बसोवास गर्ने अव्यवस्थित वस्तीहरुको पहिचा नगरी पुर्नवासको व्यवस्थापन गर्न लागिएको हो ।’
वागमतिबाट स्थानान्तरण गर्न लागिएको भूमिहिनहरुका लागि इँचाइगुनारायणमा संयुक्त आवास निर्माण भएपनि सरकारले बसोवासको व्यवस्थापन गर्न सकेको छैन । बैठकमा नार्गजुन नगरपालिकाकी उपप्रमुख शुसीला अधिकारीले आफुहरु संयुक्तआवास सञ्चालनमा सहयोग गर्न तयार रहेको प्रतिवद्धता व्यक्त गरिन ।
बागमतिको धोविखोला देखि बल्खु चक्रपथसम्म नदी किनारामा बसेको बस्तीको उचित पहिचान गरि इँचाइगुनारायणमा सरकारले आवास निर्माण गरेको छ । भन्डै १५ करोड रुपैयाँको लागतमा संयुक्त आवास निर्माण गरिएको काठमाडौं डिभिजन कार्यालय प्रमुख बसन्तकुरार राईले जानकारी दिए । सात रोपनी ७ आना १ पैसा १ दाम क्षेत्रफलमा आवास निर्माण भएको हो । सो आवास ५ तलासम्म रहेको छन् ।