काठमाडौं । सरकारले आयल निगमका प्रबन्ध निर्देशक गोपालबहादुर खड्कालाई बर्खास्त गरेको छ । मन्त्रिपरिषद्को सोमबार (आज) बसेको बैठकले उनलाई बर्खास्त गर्ने निर्णय गरेको हो ।
पेट्रामेलियम आपूर्तिमा सहज व्यवस्थापन गर्न नसेको, निगम भित्र गुटबन्दी गरेकोजस्ता आरोपमा उनलाई पदत्युत गरिएको हो ।
यसैगरी आयल निगमभित्रको अनियमितता तथा पेट्रोलियम भण्डारणका लागि जग्गा खरिद प्रकरणमा आर्थिक हिनामिना गरेको विषय पनि मन्त्रिपरिषद्को बैंठमा उठेको स्रोतले जानकारी दिएको छ ।