Logo

आजबाट अग्रीम टिकट बुकिङ खुला, बस अभावले टिकट बुकिङ नरोकिने

आजबाट अग्रीम टिकट बुकिङ खुला, बस अभावले टिकट बुकिङ नरोकिने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । दशैका लागि बस अभावका कारण अग्रीम टिकट बुकिङ नरोकिने भएको छ । आजबाट अग्रीम टिकट बुकिङ खुला गरिएपनि कुनै पनि यात्रुले बस अभाबका कारण अग्रीम टिकट बुकिङ गर्नबाट बञ्चित हुननपर्ने यातायात ब्यवस्था विभागले जानकारी दिएको छ । ‘हामीले ब्यवसायीसँगको छलफलमा दशैका लागि बस आवश्यक परेमा भन्नुस भनेका छौं,’ विभागका महानिर्देशक रुपनाराण भट्टराइले भने, ‘व्यवसायीले बस पुग्छ भनेका छन् यदि नपुगेमा जसरी भएपनि व्यवस्थापन गर्नेछौं ।’

विभागका तथ्याङ्क अनुसार देशभर साना ठूला गरी ४६ हजार बस संचालनमा रहेका छन् । तर, लामो दूरीमा चल्ने बसको तथ्याङ्क यकिन नभएको र त्यस्ता रुटमा बस अभाव भएमा अन्य रुटमा चल्ने बसलाई पनि अस्थायी रुट इजाजत दिएर थप बस संचालन गरिने भट्टराईले जानकारी दिए । साथै बस अभाव भएका साझा यातायातलाई पनि नयाँ रुट परमिट दिएर संचालन गरिने भट्टराई बताउँछन् ।

यसपटक ढिला गरी अग्रीम टिकट बुकिङ खुला गरिएको कारण बसपार्कमा टिकट लिने यात्रुहरुको भीडभाड बढी रहेको छ । ढिला गरी जाँदा सीट नपाइने डरले पनि यात्रुहरु राती देखिनै लाइनमा बसेर टिकट लिन बाध्य भएका छन् ।

टिकट खुलेको पहिलो दिन भएकाले केही भीड भएको र आगामी दिन सहज हुने भट्टराइ बताउँछन् । ‘मैले विभागकोतर्फबाट अनुगाम गर्न टोली खटाएको छु,’ उनले भने, ‘त्यहाँको अवस्था बुझेर भोलीका दिनमा अझै सहज बनाईने छ ।’

बाटोले साथ दिएको अवस्थामा सवारीसाधन अपुग नहुने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका कार्यबाहक अध्यक्ष डोलनाथ खनालले जानकारी दिए । ‘अहिले सवारीसाधन पुग्छ वा पुग्दैन भन्ने विषय सडकमा भर पर्छ,’ उनले भने, ‘सडकमा पहिरो गएर बिग्रीयो भने पुग्दैन अन्यथा पुग्छ ।’

हाल काठमाडौंका विभिन्न नाकाबाट साना ठूला गरी दैनिक २ हजार ५ सय सवारीसाधन बाहिरिरहेका छन् । तर दशैको बेलामा कम्तीमा ७ हजार सावारीसाधन बाहिरिने खनालले जानकारी दिए । थप बस व्यवस्थापनका लागि बाहिरका अन्य रुटमा चल्ने सवारीसाधन र डिक्टेनमा बसेका सवारीसाधन ल्याइने समेत उनले बताए ।

उनका अनुसार यस पटकको दशैमा नयाँ बस भने नथपिने भएको छ । महासंघले गत बर्षको दशैमा पनि विभिन्न कारण देखाएर नयाँ बस थपेको थिएन । यस पटक पनि सवारीसाधन किन्न बैंक कर्जामा समस्या तथा बाटोको अवस्था नाजुक भएका कारण नयाँ बस नथप्ने निर्णय गरिएको महासंघले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL