Logo

विद्युत प्राधिकरणका पूर्व जीएम श्रेष्ठ विरुद्ध मुद्दा दायर, ३ करोड भ्रष्टाचारको अभियोग

विद्युत प्राधिकरणका पूर्व जीएम श्रेष्ठ विरुद्ध मुद्दा दायर, ३ करोड भ्रष्टाचारको अभियोग


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरणको पूर्व महाप्रबन्धक महेन्द्रलाल श्रेष्ठ विरुद्ध मुद्दा दायर गरेको छ । ले २ करोड ८८ लाख ८२ हजार ८ सय ९१ रुपैयाँ बराबरको भ्रष्टाचार गरेको अभियोगमा आज विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

उनी विरुद्ध आफ्नो पदीय जिम्मेवारीको दुरुपयोग एवम् भ्रष्टाचार गरी गैर कानूनी रुपबाट सम्पत्ति आर्जन गरेको अभियोग लागेको छ ।

प्राधिकरण, प्रसारण तथा वितरण निर्माण डिभिजनको सहायक इन्जिनियर पदमा २०३६ चैत ५ गते नियुक्ति भई २०७० असार ९ गतेसम्म महाप्रबन्धकको जिम्मेवारी सम्हाल्दासम्म भ्रष्टाचार गरेको आयोगको ठहर छ ।

उनको आय र पेश गरेको सम्पत्ति विवरण अमिल्दो रहेको पाइएको आयोगले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL