Logo

बुम रेमिट्यान्सको एजेन्टमा नेपाल बंगलादेश बैंक, बैंकको सबै शाखाबाट रकम भुक्तानी गर्न सकिने

बुम रेमिट्यान्सको एजेन्टमा नेपाल बंगलादेश बैंक, बैंकको सबै शाखाबाट रकम भुक्तानी गर्न सकिने


बिजखबर संवाददाता
0
Shares

बुम रेमिट्यान्स प्रालिले नेपाल बंगलादेश बैंक लिमिटेडलाई आफ्नो एजेन्ट नियुक्त गरेको छ । बुम रेमिट् मार्फत नेपालीले विदेश बाट पठाएको रकम नेपाल बंगलादेश बैंक लिमिटेडले आफ्नो शाखाहरु मार्फत भुक्तानी गर्नुको साथै बुम रेमिटको सफ्टवेयर मार्फत आन्तरिक विप्रेषण (पठाउने तथा भुक्तानी गर्ने) कार्य गर्नका लागि सम्झौता भएको छ ।

बुम रेमिट्यान्सको नेपालमा ७५ वटै जिल्लामा ४००० वटा भन्दा बढि सब–ऐजेन्टहरु छन् । नेपाल बंगलादेश बैंक लिमिटेडको नेपाल भरी ४७ वटा शाखाहरु र २ वटा एक्स्टेंसन रहेका छन् ।

उक्त सम्झौतामा बुम रेमिट्यान्सको तर्फबाट प्रबन्ध निर्देशक धिरेन्द्र पन्त र नेपाल बंगलादेश बैंक लिमिटेडको तर्फबाट नायब महाप्रवन्धक सुरेन्द्र भूषण श्रेष्ठले सम्झौता पत्रमा हस्तक्षर गरे ।

आन्तरिक संञ्जाललाई तिब रूपले विस्तार गर्दै आएको बुम रेमिटले विदेशमा पनि आफनो संञ्जाललाई तिब्र रूपले विस्तार गर्दै जाने रणनिति रहेको जानकारी प्रबन्ध निर्देशक धिरेन्द्र पन्तले दिए ।

पन्तका अनुसार बुम रेमिटले विभिन्न बैंकहरूस‘ग सहर्काय गरि विदेशमा समेत बजार प्रर्वद्धन गरि नेपाली कामदारहरूको विदेशबाट नै खाता खोल्ने प्रवन्ध मिलाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL