Logo

आपूर्तिले बयानमा बोलाएपछि बिरामी पर्न थाले दरबारमार्गका ब्यापारी !

आपूर्तिले बयानमा बोलाएपछि बिरामी पर्न थाले दरबारमार्गका ब्यापारी !


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । आपूर्ति व्यवस्था विभागले बयानका लागि बोलाएसँगै दरबारमार्गका व्यापारीहरु बिरामी पर्न थालेका छन् । दरबारमार्गका व्यापारीले बास्तविक मूल्यभन्दा धेरै गुणा बढी रकम लिएर सामान बिक्री गरेको भेटिएपछि आपूर्ति व्यवस्था विभागले विभिन्न ११ वटा पशलमा छापामारी सिलबन्दी गरेको थियो ।

व्यापारीहरुलाई बयानको लागि उपस्थित हुन ३ दिनको समय दिइएपनि बाहिर भएको तथा बिरामी भएको बाहाना पारेर नआएको विभागका निर्देशक लक्ष्मण श्रेष्ठले बताए । ‘हालसम्म ५ वटा पशलका व्यापारीले विभागमा उपस्थित भएर बयान दिएका छन्,’ उनले भने, ‘अन्य व्यापारी भने बाहिर भएको तथा विरामी भएको भन्दै आएका छैनन् ।’

विभागले दरबारमार्गमा रहेका ब्राण्डेड पसल सुलक्स, लिभाइज, रिबकलगायत ११ वटा पशलमा छापामारी सिलबन्दी गरेको थियो । हाल उनीहरुमाथी थप अनुसन्धान भइरहेको र केही समयभित्रै टुङ्गो लाग्ने समेत उनले जाकारी दिए ।

उनका अनुसार विभागले छापामारेका पशलका व्यापारीहरुलाई ३ दिनभित्र बयानका लागि उपस्थित हुन निर्देशन दिएको थियो । हिजोसम्म ५ वटा पशलका व्यापारीले बयान दिएको र आज पनि बयानका लागि आउनेक्रम जारी रहेको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्