काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार तीन मन्त्री र एक राज्यमन्त्री नियुक्त गरेका छन् । देउवाले राप्रपा प्रजातान्त्रिकलाई समेटेर मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।
राप्रपा प्रजातान्त्रिकले संसदीय दलका नेता दिपक बोहोराको नेतृत्वमा तीन मन्त्री र एक राज्यमन्त्रीको पठाएको छ । राप्रपा प्रजातान्त्रिकबाट बोहोरा विज्ञान, विक्रम पाण्डे वन र सुनिलबहादुर थापा उद्योगमन्त्री हुनेछन् ।
त्यस्तै रेशम लामाले उद्योग राज्यमन्त्रीको जिम्मेवारी पाउने भएका छन् । नवनियुक्त मन्त्री र राज्यमन्त्री सपथ भने भोलि मात्र हुनेछ ।
भोलि मन्त्रिपरिषद् विस्तारसँगै देउवा सरकार ५४ सदस्यीय हुनेछ ।