Logo

प्रदेश नम्बर २का उम्मेदवारको अन्तिम नामावली प्रकाशन आज

प्रदेश नम्बर २का उम्मेदवारको अन्तिम नामावली प्रकाशन आज


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । निर्वाचन आयोगले २ नम्वर प्रदेशमा हुने स्थानीय तहको निर्वाचनका लागि शनिबार अन्तिम नामावली प्रकाशन गर्ने भएको छ । आगामी असोज २ गते हुने स्थानीय तह निर्वाचनका लागि आज उम्मेद्वारको अन्तिम नामावली प्रकाशन र चुनाव चिन्ह प्रदान गर्न लागेको हो ।

निर्वाचन कार्यतालिका अनुसार गत बुधबार उम्मेदवारी मनोनयन दर्ता गरिएको थियो । आज अन्तिम नामावली प्रकाशन गरिने आयोगका प्रवक्ता नवराज ढकालले बताए ।

२ नम्वर प्रदेशमा ६ हजार ६ सय २७ पदका लागि स्वतन्त्र सहित ३८ हजार ४८ जना चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।आयोगका अनुसार त्यहाँ २६ लाख ६४ हजार ५ सय ५० मतदाता छन् ।

१ महानगर, ३ उपमहानगर, ७३ नगर, ५९ गाउँपालिका र १ हजार २ सय ७१ वडामा ६ हजार ६ सय २७ जनप्रतिनीधि निर्वाचित हुने छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL