Logo

नेपाल आइडल विरुद्धको मुद्दा खारेज, के छ फैसलामा !

नेपाल आइडल विरुद्धको मुद्दा खारेज, के छ फैसलामा !


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । जिल्ला अदालत काठमाडौंले नेपाल आइडल विरुद्ध परेको मुद्दा खारेज गरेको छ । यस अघि जिल्ला अदालत काठमाडौंले नेपाल आईडलको भोटिङ कार्य तत्कालका लागि रोक्न अन्तरिम आदेश जारी गरेकोमा आज त्यसलाई खारेज गरेको हो ।

करार ऐन उलंघन भएका भन्दै अधिवक्ता यज्ञमणि न्यौपानले नेपाल आइडल विरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेका थिए । जिल्ला अदालत काठमाडौंका न्यायधीश दिवाकर भट्टराईको एकल इजलासले आज सो मुद्दा खारेज गरेको हो ।

अदालतको आदेश अनुरुप नेपाल आइडलले भोटिङ कार्य समेत बन्द गरेको थियो । नेपाल आइडलले आज पुरानै भोटिङको आधारमा नतिजा प्रकाशित गर्दैछ ।

प्रतिक्रिया दिनुहोस्