Logo

प्रतितोला ६ सयले बढ्यो सुन, चाँदीमा पनि १० रुपैयाँ बृद्धि

प्रतितोला ६ सयले बढ्यो सुन, चाँदीमा पनि १० रुपैयाँ बृद्धि


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य शुक्रबार पनि उकालो लागेको छ । केही दिन यता उकालो लागेको सुनको मूल्य आज एकै पटक प्रतितोला ६ सय रुपैयाँले बढेको हो ।

शुक्रबार बजारमा सुनको मूल्य प्रतितोला ५७ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

यसैगरी बजारमा चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेर ७ सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्