काठमाडौं । आज भदौ २२ अर्थात निजामती दिवस । विसं २०६० सालदेखि निजामती कर्मचारीको योगदानको कदरस्वरुप यो दिवस मनाइदै आएको छ । यस बर्ष ‘निजामती सेवा प्रतिबद्धता, पारदर्शीता र चुस्तता’ भन्ने नाराका साथ यसलाई मनाइने भएको छ ।
दिवसको अवसरमा सबै निजामती कर्मचारीलाई सार्वजनिक विदा पनि दिइएको छ ।
देशभर अहिले करिब ८३ हजार निजामती कर्मचारी कार्यरत छन् । सरकारले त्यसमध्य यस बर्षका लागि उत्कृष्ट कर्मचारी छनोट गरेर सम्मान गर्ने भएको छ । त्यसमध्य १० जनालाई उत्कृष्ट निजामती सेवा र ३० जनालाई निजामती सेवा पुरस्कार प्रदान गरिने छ । उत्कृष्ट कर्मचारीको नामावली यस्तो छ :