Logo

नेपाल आइडल रोक्न अदालतको अन्तरिम आदेश, भदौं २३ मा तोकियो पेशी

नेपाल आइडल रोक्न अदालतको अन्तरिम आदेश, भदौं २३ मा तोकियो पेशी


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । काठमाडौं जिल्ला अदालतले नेपाल आइडलको भोट गणना गर्ने कार्य रोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

नेपाल आइडलको भोटिङ गणना समय एक पक्षीयरुपमा बढाएर करार उल्लंघन गरेको भन्दै अधिवक्ता यज्ञमणि न्यौपानेले गत सोमबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेका थिए । उक्त निवेदनमाथी सुनुवाई गर्दै काठमाडौं जिल्ला अदालतका न्यायधीय दिवाकार भट्टको एकल इजालशले अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

अदालतले उक्त मुद्दाको पेशी यही भदौं २३ गतेलाई तोकेको छ । साथै भोट गणना कार्य रोकी भदौं २३ गते १० बजेभित्र सक्कल फाइल तथा विवरण लिएर उपस्थित हुन नेपाल आइडल सञ्चालन गर्ने एपी वान टिभीलाई आदेश दिएको छ ।

साथै निवेदकको रिट अनुसार भदौं १५ गते ८ बजेर ४५ मिनेटदेखि १६ गते १२ बजेसम्मको भोटिङको आधारमा आयोजकको रुची अनुसारको प्रतिस्पर्धी बाहिरीने भएकाले पुनः समय थपिएको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्
MBL