काठमाडौ । राष्ट्रिय आविष्कार केन्द्रलाई १ लाख ४१ हजार रुपैयाँ सहयोग प्राप्त भएको छ । चितवन समाजको सक्रियतामा आयरल्याण्डमा सञ्चालित ‘राष्ट्रिय आविस्कार केन्द्र सहयोग संकलन’ कार्यक्रममार्फत संकलित पैसा हालै हस्तान्तरण गरिएको छ ।
संस्थाको प्रतिनिधित्व गर्दै कार्यसमिति सदस्य केशव क्षेत्रीले आविस्कार केन्द्रका संस्थापक महाविर पुनलाई सो रकम हस्तान्तरण गरेका हुन् ।
टेलिभिजन कार्यक्रम ‘सीधा कुरा जनतासँग’ को कार्यकक्षमा रकम हस्तान्तरण कार्यक्रम आयोजना गरिएको थियो । सो अवसरमा पुनले चितवन समाज आयरल्याण्डका साथै सहयोगीहरुलाई धन्यवाद दिए ।