Logo

​निर्वाचन आचारसंहिता बिहीबारदेखि लागू , उल्लंघन गरेमा उम्मेदवारी रद्ददेखि १ लाखसम्म जरिवाना

​निर्वाचन आचारसंहिता बिहीबारदेखि लागू , उल्लंघन गरेमा उम्मेदवारी रद्ददेखि १ लाखसम्म जरिवाना


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । मंसिर १० गते हुने प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनका लागि निर्वाचन आचारसंहिता जारी भएको छ । निर्वाचन आयोगले आजदेखि लागु हुने गरी आचारसंहिता जारी गरेको हो । निर्वाचनमा स्वच्छता,निष्पक्षता, पारदर्शिता र भयमुक्त वातावरण कायम गर्नका लागि निर्वाचन ऐन २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी आचार संहिता लाुग गरेको हो ।

यससागै बिहीबारदेखि निर्वाचन प्रभावित गर्ने कुनै पनि काम गर्न पाइने छैन ।

आचारसंहिता उल्लंघन गरेको अवस्थामा आयोगले एक लाख रुपैयासम्म जरिवाना र उम्मेदवारी रद्द समेत गर्न सक्ने जानकारी दिएको छ।

आयोगले निर्वाचन आचारसंहिता सरकारर र सरकारका मन्त्री, स्थानीय निकाय, सार्वजनिक पद धारण गरेको व्यक्ति, निर्वाचनमा संलग्न कर्मचारीलगायतलाई लागु हुुने छ । त्यस्तै उम्मेवदवारको हकमा मनोनयन दर्ता भएको मिति देखि लागु हुनेछ ।

आधार संहिता लागु भएपछी गरेपछि सरकारले कुनै पनि कर्मचारीको सुरुवा, बढुवा तथा पदस्थापन समेतका काम गर्न पाउदैन।

प्रतिक्रिया दिनुहोस्
MBL