Logo

बाढीपीडितका लागि खिचापोखरी न्यूरोड ब्यापार संघको सहयोग, दुई लाख बराबरको राहत प्रदान

बाढीपीडितका लागि खिचापोखरी न्यूरोड ब्यापार संघको सहयोग, दुई लाख बराबरको राहत प्रदान


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । खिचापोखरी न्युरोड ब्यापार संघले वाढीपीडितका लागि बुधबार सहयोग हस्तान्तरण गरेको छ । संघले नेपाल चेम्वर अफ कमर्सले वाढीपीडितको सहयोगार्थ गठन गरेको डिजास्टर म्यानेजमेन्ट सेललाई नगद र जिन्सी सामान हस्तान्तरण गरेको हो ।

नगद एक लाख एक हजार एक सय ११ रुपैयाँं बराबरको चेक र एक लाख बराबरको आठ पोका जिन्सी सामान गरी कुल दुई लाख एक हजार एक सय ११ रुपैयाँं बराबरको राहत सहयोग हस्तान्तरण गरेको हो ।

चेम्वरका अध्यक्ष राजेश काजी श्रेष्ठलाई खिचापोखरी न्युरोड व्यापार संघका अध्यक्ष मनोजबाबु श्रेष्ठले राहत हस्तान्तरण गरेका हुन् ।

नेपाल चेम्वर अफ कमर्सले वाढीपीडितलाई सहयोग गर्न गठन गरेको सो सेलका संयोजक एवं चेम्वरका उपाध्यक्ष राजेन्द्र मल्ल, चेम्वरका महासचिव कमलेश कुमार अग्रवाल, सहकोषाध्यक्ष राजारत्न तुलाधर, खिचापोखरी न्युरोड व्यापार संघका संस्थापक अध्यक्ष राजेन्द्र शेरचनलगायतका महानुभाबहरुको उपस्थितिमा राहत हस्तान्तरण गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्