काठमाडौं । उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरासँग नेपालका लागि पाकिस्तानी राजदूत मजहर जावेदले शिष्टाचार भेट गरेका छन् ।
परराष्ट्र मन्त्रालयमा आज भएको भेटवार्तामा उनीहरुबीच द्विपक्षीय सम्बन्ध, आपसी हित र सहयोगका विषयमा छलफल भयो । सो अवसरमा परराष्ट्रमन्त्री महराले दुई देशबीचको हवाई मार्ग जोडिनुपर्ने बताउँदै त्यसका लागि दुवै पक्षले पहल गर्नुपर्ने बताए ।
द्विपक्षीय परामर्श संयन्त्रमार्फत आपसी सहयोग र सम्बन्धलाई अझ प्रगाढ बनाउन सकिने भन्दै उक्त संयन्त्रको वैठकलाई नियमितता दिनुपर्ने विचार व्यक्त गरे ।
मन्त्री महराले दक्षिण एसियाली मुलुक पाकिस्तानसँग सधैं सुमधुर सम्बन्ध रही आएको भन्दै यसलाई अझ उँचाईमा पु¥याउनुपर्ने बताए ।
सो अवसरमा राजदूत जावेदले पाकिस्तान–नेपालबीचको हवाई मार्ग सञ्चालनमा ल्याउने विषयलाई आफ्नो सरकारसमक्ष प्राथमिकतासाथ राख्ने बताएक थिए । उनले आपसी सहयोग र द्विपक्षीय हितका विषयलाई अझ सबल बनाउँदै लैजानुपर्नेमा समेत जोड दिए ।