Logo

जिल्ला/नगर उपाध्यक्षमा ३ जनाको उम्मेद्वारी, प्रधान फेरी पनि चुनावी मैदानमा

जिल्ला/नगर उपाध्यक्षमा ३ जनाको उम्मेद्वारी, प्रधान फेरी पनि चुनावी मैदानमा


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको जिल्ला/नगर उपाध्यक्षमा ३ जनाले उम्मेद्वारी दिएका छन् । रिक्त्त पदका लागि भदौ १९ गते हुने निर्वाचनका लागि किशोर प्रधान,निरक केसी, प्रकाश साउदले उम्मेद्वारी दिएका हुन् ।

उम्मेद्वारमध्ये किशोर प्रधान यसअघिको निर्वाचनमा शेखर गोल्छासँग बरिष्ठ उपाध्यक्षमा पराजित भएका थिए । सोमबार बिहान ११ बजेसम्म नोमिनेसनको समय तोकेको थियो ।

गत चैत २८ गते भएको महासंघको निर्वाचनमा प्रमोद श्रेष्ठ जिल्लारनगर उपाध्यक्षमा निर्वाचित भएका थिए । बैशाख ३१ गते भएको स्थानीय तहको निर्वाचनमा श्रेष्ठ एमालेका तर्फबाट म्याग्दीको बेनी नगरपालिकाको मेयरमा उठेपछी विधानअनुसार श्रेष्ठलाई उपाध्यक्ष पदबाट हटाएको थियो ।

त्यसैगरी अर्का उम्मेद्वार केसी र साउद कार्यसमितिमा कार्यकारीणी सदस्य छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL