Logo

दोक्लाम विवाद अन्त्यको संकेत

दोक्लाम विवाद अन्त्यको संकेत


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । चीन र भुटान सीमाको दोक्लाममा जारी तनाव अब अन्त्य हुने भएको छ । भारतीय विदेश मन्त्रालयले सोमबार बिहान विज्ञप्ति जारी गर्दै यस्तो जानकारी दिएको हो ।

‘दोक्लाममा भएको घटनालाई लिएर पछिल्ला साताहरुमा भारत र चीनले कूटनीतिक संवादलाई कायम राखेका छन्,’ विज्ञप्तिमा भनिएको छ । साथै संवादहरुमा बिचार व्यक्त गरेको समेत विज्ञप्तिमा उल्लेख छ ।

‘कूटनीतिक संवादहरुमा दोक्लामस्थित तनावपूर्ण क्षेत्रमा रहेको सीमावर्ती सैनिक गतिविधिबाट द्रुत छुटकारा पाउनेबारे चीनसँग समझदारी कायम भएको भारतले जानकारी दिएको छ ।

सीमामा सैनिकबीच जारी तनाव अन्त्य गर्ने सहमति भएको तथा दुवै सेना फर्किने प्रकृया सुरु भएको विज्ञप्तिमा उल्लेख छ । दोक्लममा सेना पीएलएले सडक निर्माण गर्न थालेपछि भुटान र भारतबीचको सीमा पार भारतीय सेना दोक्लम क्षेत्र गएका थिए। आफ्नो सीमा नाघेर भारतीय सेना दोक्लम आएकोमा  विरोध चीनले गर्दै आएको थियो।

प्रतिक्रिया दिनुहोस्